२०८१ श्रावण १२

इलाम र बझाङमा मतदान शुरु, विहानैबाट मतदाताको उत्साहजनक उपस्थिती ।

काठमाण्डौँ, इलाम र बझाङमा उपनिर्वाचन अन्र्तगत दमतादन शुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
दुवै निर्वाचन क्षेत्रमा विहान ७ बजेबाटै मतदान शुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात र बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त दुई स्थानमा आज उपनिर्वाचन भएको हो ।

आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।