२०८१ श्रावण १२

भारतीय राजदूतावासद्धारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरूप प्रदान ।

काठमाण्डौँ, नेपालस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाकासध–संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ ।
अर्थमन्त्री श्री वर्षमान पुनको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे । समारोहमा स्थानीय निकायका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक नेता, सरकारी पदाधिकारी र समाजसेवीको उपस्थित थिए ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामा दूतावासका प्रतिनिधिले यसअघि नै दुई एम्बुलेन्स स्थानीयलाई नै हस्तान्तरण गरेका थिए । तीन दशकदेखि नै भारत सरकारले स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरूप प्रदान गर्दै आएको छ ।
अर्थमन्त्री पुनले भारतको सहयोगले दुवै देश बिचको जनसम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिनुका साथै नेपाली जनतालाई फाइदा पु¥याउने पनि बताए ।
कार्यक्रममा राजदूत श्रीवास्तवले स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार विकासमा यो पहलले भारत–नेपाल विकास साझेदारीलाई सुदृढ बनाएको बताए । उनले यस कार्यक्रमले भौगोलिक विकटताका बाबजुद जनजीवनलाई सरल र विकास यात्रालाई मद्दत पु¥याएको पनि बताए ।
भारतले सन् १९९४ देखि हालसम्म नेपाललाई १००९ एम्बुलेन्स र ३०० स्कुल बस उपहार गरिसकेको छ