२०८१ श्रावण १२

भियतनामकी व्यवसायी त्रुओङ माई ल्यानलाई मृत्युदण्ड ।

काठमाण्डौँ, भियतनामकी रियल स्टेट व्यवसायी त्रुओङ माई ल्यानलाई बिहीबार अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय अपचलनको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले जनाएको छ ।


सन् २०१२ र २०२२ को बिचमा ६७ वर्षीया ल्यानले गैर कानूनीरूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरू मार्फत रकम लुटेको र सरकारी अधिकारीलाई घुस खुवाएको आरोप छ ।
अभियोजकहरूले उनको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै संदिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ३ प्रतिशत बराबर रहेको बताएका छन् ।
ल्यानले आफूमाथि लगाइएको आरोपहरूको खण्डन गर्दै आएको थिए । उनले गत साता अदालतमा आफ्नो अन्तिम बयानमा आत्महत्याको विचार आएको कुरा स्वीकार गरेका थिए । सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा सुरु भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो । एएनआई