२०८१ बैशाख १८

आज इद पर्व, राष्ट्रपतिद्धारा शुभकामना सन्देश जारी ।

काठमाण्डौँ, आज इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) ।
रमजान महिनाको अन्तिम दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको थियो । रोजा ब्रतपछि आज ‘ईद–उल–फित्र’ मनाउन लागेका हुन् ।
केही मुस्लिमले ‘ईद–उल–फित्र’को नमाज मस्जिदमा त केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो। यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन् ।
सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा  दिएको छ ।
ईद–उल–फित्रको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपालीबिच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
यस पर्वको माध्यमबाट भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना गर्दछु”, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले इद पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरका छन् ।