२०८१ श्रावण १२

आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, घिमिरे र पुडासैनी मैदानमा ।

काठमाण्डौँ, आज राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली काँग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो ।
एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी थिइन् । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् ।
यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि रिक्त पदका लागि निर्वाचन हुन लागेको हो ।
एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका दलहरूले मतदान गर्ने भएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार पुडासैनी भने अन्य साना दलहरूको मत तन्ने प्रयासमा छिन् ।