२०८१ आश्विन २१
नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दै ।
काठमाण्डौँ, नेपाली काँग्रेसको संसदीय दलको बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दै छ ।
संसदको गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशन लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठकमा काँग्रेसले निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।
समिति गठन नभए बैठक चल्ने नदिने चेतावनी कांग्रेस नेताहरूले दिएका छन् । काँग्रेसले दिएको अल्टिमेटम सकिएपछि संसद अवरोधको चेतावनी दिएको हो । दलको बैठकमा यसबारे पनि छलफल हुनेछ ।
संसद्को अवरोध हटाउन हिजो अपराहन्न सभामुख देवराज धिमिरेले प्रमुख शिर्ष चारदलका नेतासंग पनि छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्