गण्डकी प्रदेशका मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, राजीव गुरुङ (दिपक मनाङे)द्धारा पाँचौ पटक मन्त्रीपदको सपथ ग्रहण ।
काठमाण्डौँ, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यमन्त्री पदको शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीले मुख्यमन्त्रीको सपथ लिएसँगै विना विभागीय दुई मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री अधिकरीसंगैे माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र नेकपा एकीकृत समाजवादी पार्टीका राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्री पदको शपथ लिएका छन् । विनाविभागीय दुई मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। ३१ सांसदको समर्थनमा दाबी पेश गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका हुन्।
अधिकारी दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । उनीसँगै शपथ लिएका चुमान तेस्रो पटक र मनाङे पाँचौं पटक मन्त्री बनेका छन् ।
चैत २१ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले बहुमतको आधारमा सात दिनभित्र सरकार गठनका लागि आह्वान गरेका थिए । चैत २७ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि समय तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्