२०८१ श्रावण १२

आज पनि नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै ।

काठमाण्डौँ, आज पनि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन काँग्रेसमा रस्साकस्सी आज पनि नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै ।
काठमाण्डौँ, आज पनि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन काँग्रेसमा रस्साकस्सी देखिएको छ । इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्य कसलाई उम्मेद्धार बनाउने भन्ने बिषयले निर्णय पाउन सकेको छैन । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।
यस्तै बझाङ प्रदेशसभा—१ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको छ । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् ।