२०८१ श्रावण १२

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै ।

काठमाण्डौँ, संघीय संसदअन्तर्गतका दुवैको सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बस्ने छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।राष्ट्रिय सभाको बैठकमा कृषि, तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले राष्ट्रिय सभामा उत्पति भएको राष्ट्रिय खाद्य स्वच्छता तथा गुणस्तर विद्येयक २०७७ लाई पारीत रियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।