२०८१ श्रावण १२

सत्तारुढ गठबन्धन केही महिना भित्रै टुट्छ :  डा.शेखर कोइराला

काठमाण्डौँ, प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा.शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् । अहिले नयाँ सत्तासमिकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताएका छन्।
शनिवार काठमाडौंमा भएको बिपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाल नेपाली काँग्रेस विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिनाभित्रै सफल हुने नेता कोइरालाको भनाई छ ।
राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरेमात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास निर्माणको कामले गति लिनसक्ने नेता कोइरालाले बताए । उनले आगामी निर्वाचनमा नेपाली काँग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राखे ।
नेता कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरेपनि त्यसलाई लागू हुन नदिने जिकिर पनि गरे । उनले भने,‘देश भनौ वा नेपाली काँग्रेस भनौं कठिन परिस्थितिमा छ । देशको राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक कुनै पनि कुरा ठिक ठाउँबाट हिँडिरहेको छैन । नेता कोइरालाले मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री भएमात्रै सो विधेयक संसदबाट पास गराउन आफ्नो पार्टीले सरकारलाई साथ दिने उनको धारणा थिया े।