२०८१ श्रावण १२

त्रिशूलीमा ट्याक्सी खस्यो, ५ जनाको घटना स्थलमै मृत्यु ।

काठमाण्डौँ,काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।
चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा सवार पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान भइसकेको छैन । ट्याक्सीमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।