२०८१ श्रावण १२

गृहमन्त्री रवि लामिछानेलाई समिति सदस्यको प्रश्नै—प्रश्न ।

काठमाण्डौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा राज्य व्यवस्था समितिका सदस्य बुद्धिमान तामाङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई हचुवाका भरमा कसैलाई पक्राउ नगर्न सुझाव दिएका छन् ।
समितिको बुधबार बसेको बैठकमा समिति सदस्य तामाङले माओवादी नेता कृष्णबहादुर महरा पक्राउ प्रकरणलाई उदाहरणमा रुपमा प्रस्तुत गर्दै प्रश्न गरे– गर्न खोजेको चाहिँ के हो ?
तामाङले महरालाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएर काठमाण्डौँ ल्याएको र स्वास्थ्य अवस्थाका कारण हस्पिटल पठाइएको र पछि महरा साधारण तारेखमा छुटेको उल्लेख गर्दै उनले यो प्रकरणमा सञ्चारमाध्यमा विभिन्न कोणबाट समाचार प्रकाशित भएको जिकिर गरे ।
‘नियतवश मान्छे समात्ने, बेइज्जत गर्ने अनि पछि छाड्ने !’ उनले भने, ‘यसरी हचुवाको भरमा काम गर्न भएन ।’ यस्ता कार्यशैली मान्छेलाई बदनाम गर्ने खालको कुरामात्र भएको उनको भनाइ छ ।
उनले, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले फिर्ता लिएको कि सम्बन्धित व्यक्तिले फिर्ता गरेको भन्ने प्रश्न पनि गरे । बालुवाटार जग्गा काण्डमा कसैले जग्गा फिर्ता गरेकै कारण मुद्दा नचलाइएको र बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पनि उस्तै प्रवृत्ति देखिएको बताए । जग्गा फिर्ता गरेकै भरमा छुट पाउने कि नपाउने ? भन्दै प्रश्न गरे ।
यस्तै, नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भन िब्यङ्गात्मक प्रश्न गरे ।
सांसद श्रेष्ठले दुर्गा प्रसाईं जस्तो नागरिकले उच्च तहको हतियार बोकेर हिँड्ने गरेको भन्दै उनलाई त्यो तहको सुरक्षा आवश्यक थियो कि थिएन भनेर प्रश्न गरे ।
उनले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री त्यो तहको हतियार बोकेर हिँड्छन् हिँड्दैन भनेर पनि प्रश्न गरे । हतियार बोक्न अनुमति दिने अधिकारीको सम्बन्धमा पनि उनले प्रश्न गरे । उनले अगाडि लाज पनि छैन । कसले दिएको त्यो लाइसेन्स ? त्यस्तो हतियार बोक्ने लाइसेन्स कसले दियो ? लाइसेन्स चेक गर्नुप¥यो । दिने मान्छे को हो ? कहाँबाट दियो ? भनी प्रश्न गरे ।