२०८१ श्रावण १२

काँग्रेस सभापति देउवा इलाम–२ का उम्मेदवारसंग छलफल गर्दै ।

काठमाण्डौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ को उम्मेदवारमा नाम सिफारिस भएका पार्टीका नेताहरुसंंग छलफल गरेका छन् ।
केहीबेर अधि आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवाले इलाम–२ को उम्मेदवारमा सिफारिस भएकाहरुसंग छलफल गरेका हुन ।
इलाम–२ को उम्मेदवारका लागि भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई गरी ७ जनाको नाम सिफारिस भएको छ । सातै जनाको नाम जिल्ला समिति, प्रदेश समिति हुँदै केन्द्रीय समितिसम्म आइपुगेको छ ।
नाम सिफारिस भएका ७ जनामध्ये अधिकांश नेता काठमाडौंमा नै छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।