२०८१ श्रावण १२

आज नेपालले आयरल्यान्ड ए सँग खेल्दै, भोली पनि दोस्रो खेल खेल्ने ।

काठमाण्डौँ, दुई टी–२० अभ्यास खेलअन्तर्गत आज नेपालले आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ ।
खेल दिउँसो १ बजे टी–यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।
टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । त्यसैले प्रदर्शन खेलाडीहरु विना दबाब गर्नेछन् ।
नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले टिमको कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।