२०८१ श्रावण १२

पाँच राजनीतिक दलको नाम परिवर्तन, थप एक निवेदन दर्ता ।

काठमाण्डौँ, निर्वाचन आयोगले पाँच राजनीतिक दलको नाम परिवर्तन गरेको छ  भने एउटा दलले नाम परिवर्तनका लागि आयोगसमक्ष निवेदन दिएको छ ।
आयोगले किरात खम्बुवान साझा पार्टी, नेपाल दलित पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाल सुकुम्बासी पार्टी, लोकतान्त्रिक र आमूल परिवर्तन मसिहा पार्टीले नाम परिवर्तनका लागि दिएको निवेदन अनुसार पाँच वटै दलको प्रस्तावित नाम स्वीकृत गरेको हो ।
यही चैत ८ गते बिहीबार बसेको आयोग पदाधिकारीकोे बैठकले गरेको निर्णय अनुसार ताम्सालिङ लोकतान्त्रिक पार्टीको नाम ‘जनप्रिय लोकतान्त्रिक पार्टी’, नेपाल सुकुमवासी पार्टीको नाम ‘नेपाल जनता संरक्षण पार्टी’ तथा आमूल परिवर्तन मसिहा पार्टीको नाम ‘रिपब्लिक पार्टी नेपाल’ हुने भएको छ । आयोगका राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले नयाँ नाम स्वीकृत भएको दलको दर्ता मिति भने पुरानै कायम रहने बताउनुभयो । यसअघि गत फागुन २३ गतेको निर्णय अनुसार किरात खम्बुवान साझा पार्टीको नाम ‘राष्ट्रिय साझा पार्टी’ तथा नेपाल दलित पार्टीको नाम ‘नेपाल मानवतावादी पार्टी’ हुने भएको छ ।