२०८१ श्रावण १२

आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ को क्रिकेट खेल एक्सन स्पोर्टसमा प्रसारण हुने ।

काठमाण्डौं । टेष्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपाल ‘ए’ बीच हुने क्रिकेट प्रतियोगिताका खेलहरू डिशहोमको एक्सन स्पोर्टस च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
डिशहोम र नेपाल क्रिकेट संघ (क्यान)बीच भएको सम्झौताअनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने आठ खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने छ । गुजरात र बडोदासँग टी–२० त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टोली भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र १३ गते टी २० क्रिकेट खेल्ने कार्यक्रम छ ।
त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल ए विरुद्ध तीन खेलको टी–२० सिरिज र तीन खेलको एक दिवसीय शृंखला खेल्ने तालिका छ । त्यसपछि ए टिमसँग टी २० चैत १५, १६ र १८ गते गरी तीन वटा म्याच खेल्ने छ । यस्तै, तीन वटा एक दिवसीय खेलहरू भने चैत २१, २३ र २५ गते हुनेछन् । प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।