२०८१ श्रावण १२

पथलैया ट्राफिक प्रहरी कार्यालयद्धारा १५ करोड रुपैयाँ राजस्व संकलन ।

काठमाण्डौँ, मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैयाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैयाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सवारी नियम उल्लंघन गर्ने १३ हजार १०१ सवारीको जरिवानाबाटे उक्त राजस्व असुल गरेको हो ।
गत आर्थिक वर्षमा २६ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको देखिन्छ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्दा मापदण्ड हेरेर पाँच सयदेखि १ हजार पाँच सय र अधिकतम पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने गर्दछ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले प्रदेशका सबै जिल्लाबाट दैनिक १० लाख बढी राजस्व संकलन हुने कार्यालयले जनाएको छ ।
बाराको अमलेखगन्जदेखि प्रदेशको राजधानी जनकपुरसम्मका विभिन्न स्थानमा सवारी चेकजाँच पोस्टमार्फत सवारी नियम उल्लंघन गर्नेमाथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । प्रदेशमा सवारी नियम व्यापक उल्लंघन हुन थालेपछि मधेशका जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३ देखि ४ किलोमिटरको फरकमा चेकपोस्ट राखेर कारबाही अभियान तीव्र पारेको छ ।