२०८१ श्रावण १२

एन्फाको स्वीकृति बेवास्ता, १० जना बहराइन प्रस्थान ।

काठमाडौँ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन प्रस्थान गरेका छन्।
फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत घरेलु टोली बहराइनसँग चैत ८ र १३ गते हुन लागेको खेल हेर्न उनीहरू मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
बहराइन जानेमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट रहेका छन्। विष्ट खुमलटारका अध्यक्षसमेत हुन् । उदयपुर जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्की, झापाका शेरबहादुर बस्नेत र श्री भगवती क्लबका राजकाजी श्रेष्ठ, जिल्ला सदस्य डोलेशकुमार केसी, महेशचन्द्र महत र भरतबहादुर क्षेत्री बहराइन प्रस्थान गरेका छन्।
राखेपले टिममा नभई नहुने भन्दै चिकित्सक राजु डंगोल महर्जन र खेल पत्रकार गोविन्दराज नेपाल बहराइन जान स्वीकृति दिएको थियो। महर्जन आइतबार बहराइन उड्ने तयारीमा थिए। तर, राखेप उनलाई सोमबार मात्रै स्वीकृति दिएको थियो। उनी सोमबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । अन्य ८ जनालाई भने एनफाले स्वीकृति नदिएको संघसंस्था समन्वय समितिका प्रमुख चन्द्र राईले जानकारी दिए ।