२०८१ श्रावण १२

राष्ट्र बैंकका निर्देशक सेवाबाट बर्खास्त, महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको ठहर ।

काठमाण्डौ, वरिष्ठ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको छ ।
आज (चैत ६) देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाइएको जनाइएको छ । ’राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कर्मचारी विनियमावली अनुसार हटाएको पुष्टि गरेको छ ।
पटक–पटक कर्मचारी अनुशासन उल्लंघन गरेको भन्दै आचार्यलाई सेवाबाट हटाइएको हो । आचार्यले आफूलाई दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेर वरिष्ठ महिला कर्मचारीले प्रशासनसमक्ष उजुरी दिएकी थिइन् ।
आचार्यले गत २७ पुसमा केन्द्रीय बैंकका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममै उनीमाथि दुर्व्यवहार गरेका थिए । ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो ।
छानबिनका क्रममा दोषी देखिएका आचार्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेवाबाट हटाएको हो । राष्ट्र बैंकको टक्सार महाशाखामा कार्यरत आचार्यमाथि आरोप लागेसँगै उनलाई जिम्मेवारीविहीन बनाइएको थियो।