२०८१ श्रावण १२

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

काठमाण्डौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका हुन् । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक पटक संसदमा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ । यसका लागि संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्ने व्यवस्था छ ।
संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।