२०८१ श्रावण १२

राजीव गुरुङ (दिपक मनाङे)द्धारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सपथग्रहण, आजै पदभार ग्रहण ।

काठमाण्डौँ, गण्डकी प्रदेशसभामा मनाङ १(२) बाट प्रत्यक्ष निर्वाचित स्वतन्त्र उम्मेद्घार राजीव गुरुङ (दिपक मनाङे) ले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मन्त्रीको सपथ ग्रहण गरेका छन् ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र सांसद गुरुङलाई सोमबार नयाँ मन्त्री नियुक्त गरेका हुन । आइतबार नेकपा (एकीकृत समाजवादी) परित्याग गरी स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त गरिएको छ ।
गण्डकी प्रदेश सरकारलाई टिकाइराख्न नेपाली कांग्रेस नेतृत्वकोे सरकार जोगाउन सबैभन्दा आकर्षक मानिएको भौतिक पूर्वाधार मन्त्रालय गुरुङलाई दिएको छ ।


केन्द्रमा सत्ता गठबन्धन बद्लिएपछि माओवादी केन्द्रले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसअघि फागुन २२ गते मुख्यमन्त्री पाण्डेले सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए ।
माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि चैत २१ गतेभित्र गण्डकी सरकारले विश्वासको मत लिनुपर्ने अवस्था छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७ सांसद छन् । गुरुङको समर्थनले पनि सरकारलाई विश्वासको मत मिल्ने अवस्था छैन ।
कुल ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेससँग २७ सिट छ । सरकार टिकाइ राख्न ३१ सिटको आवश्यक्ता पर्दछ । उसलाई चार सिट भएमा सरकार कायम रहने अवस्था छ । प्रदेशसभामा एमालेसँग २२, माओवादी केन्द्रसँग सभामुख सहित ८ सिट छ । राप्रपासँग दुई सिट मात्र रहेको छ । प्रदेशसभामा मनाङ १(२) बाट प्रत्यक्ष निर्वाचित राजीव गुरुङ (दिपक मनाङे) एक्ला स्वतन्त्र सांसद हुन् ।