२०८१ श्रावण १२

रुसी राष्ट्रपतिमा पुनः  पुटिनको जित सुनिश्चित .

काठमाण्डौँ रुसको राष्ट्रपतिमा पुनः एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ ।
चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो ।
सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । जो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो ।
यसैगरी रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ ।
यसपटकको राष्ट्रपति चुनावमा ७१ वर्षीय पुटिन एकल दाबेदार थिए । यद्यपि प्रतिस्पर्धामा क्रेमलिनद्वारा समर्थित तीन उम्मेदवार थिए । उनीहरु सशक्त उम्मेदवार थिएनन् । पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको र अरु सशक्त उम्मेदवार कोही नहुँदा पुटिनको जित पहिल्यै सुनिश्चित भएको आलोचकहरुको आरोप छ ।