२०८१ श्रावण १२

आज स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको जीर्णोद्धार गरिदैं ।

काठमाण्डौँ, विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको आज जीर्णोद्धार गरिदै छ ।
आज धार्मिक परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चैत्यको पूजा गर्ने कार्यक्रम रहेको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए ।
उक्त चैत्य एक सय छ मिटर अग्लो छ । गजुरमा सुनको जलप लगाइएको छ । गजुरसँगै हर्मिका, छत्राबलि र १३ भुवन पनि सिँगारिएको छ । महाचैत्यको कलाकौशल, बनोटको अध्ययन तथा अवलोकन गर्न स्वदेशी र विदेशी पर्यटक आउने गरेको महासमितिका इन्जिनियर राजेश सुवालले जानकारी दिए ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले ५० लाखको रुपैयाँको लागतमा गजुरको जीर्णोद्धार गरेको हो । काठमाडौं– १५ मा रहेको महाचैत्यको पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानले जीर्णोद्धारका लागि प्राविधिक अध्ययन गरेका थिए ।
चैत्यको आसपास रहेको अनन्तपुर र प्रतापपुर यसअघि जीर्णोद्धार भइसकेका छन्। मन्दिर क्षेत्रबाट काठमाडौं उपत्यका राम्रोसँग देख्नसक्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।