२०८१ श्रावण १२

भारतको लोकसभा चुनाव २०२४ को मिति घोषणा, लोकसभा चुनाव सात चरणमा हुने ।

काठमाण्डौँ, भारतको लोकसभा निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुने र मतगणना जुन ४ मा हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
मार्च २० मा पहिलो सूचना जारी हुनेछ । पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ ।
दोस्रो चरणअन्तर्गत मार्च २८ गते अधिसूचना जारी हुनेछ । भोटिङ अप्रिल २६ मा हुनेछ ।
तेस्रो चरणमा ७ मे, चौथो चरणमा १३ मे र पाँचौँ चरणमा २० मेमा मतदान हुनेछ । छैटौँ चरणमा मे २५ मा मतदान हुँदैछ। जुन १ मा सातौँ चरणमा मतदान हुँदैछ ।
तीन चरणमा २६ विधानसभा सीटहरूमा उपचुनाव हुनेछ । यो निर्वाचन पनि आम निर्वाचनसँगै हुनेछ ।
लोकसभा चुनावमा ९७ करोड दर्ता मतदाता छन्। १०.५ लाख मतदान केन्द्र छन् । १.५ करोड चुनावी कर्मचारी रहनेछन् ।
निर्वाचनमा ५५ लाख ईभीएम मेसिन प्रयोग गरिने भएको छ । महिला मतदाताको संख्या ४७ करोड नजिक छ । २०२४ को लोकसभा चुनावमा करिब १ करोड ८२ लाख नयाँ मतदाताले भोट हाल्नेछन् ।