२०८१ श्रावण १२

राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरीमा, विभिन्न कार्यक्रममा सहभागी ।

राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरको बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना गरेका छन् ।
आज बिहान महोत्तरी पुगेका राष्ट्रपति पौडेलले जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजाअर्चना गरेका छन् ।
राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भ¥याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजाअर्चना गरेका छन् ।
यसअघि राष्ट्रपति पौडेलले महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्धा रामनारायण मिश्रको सालिकमा माल्यार्पण गरेका थिए ।
पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी भएका थिए ।