२०८१ श्रावण १२

फिफा वरीयतामा नेपाली महिला टिम १०० औँ स्थानमा ।

काठमाण्डौँ, फिफा वरीयतामा नेपाली महिला टिमले पाँच स्थान सुधार सहित १०० औँ स्थानमा छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरीयता अनुसार नेपाल पाँच स्थान सुधार गर्दै शीर्ष १०० भित्र प्रवेश गरेको हो । नयाँ वरीयताअनुसार नेपाल १००औँ स्थानमा छ ।


नेपाली महिला टिमले गत फरवरीमा भएको वाफ महिला च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा जोर्डनसँग पेनाल्टीमा पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।
दक्षिण एसियामा पहिलो स्थानको भारत फिफा वरियातामा ६६औँ स्थानमा छ भने दोस्रो स्थानको नेपाल १०० औँ स्थानमा छ । तेस्रो स्थानको बंगलादेश १४०औँ, चौथो स्थानको श्रीलंका १५७ औँ, पाँचौँ स्थानको पाकिस्तान १५८, छैटौँ स्थानको माल्दिभ्स १६१औँ र पुछारको भुटान १७३औँ स्थानमा छ ।
फिफा वरीयताको शीर्ष स्थानमा भने विश्वकप विजेता स्पेन छ । दोस्रो स्थानमा इंग्ल्यान्ड, तेस्रोमा फ्रान्स, चौथोमा अमेरिका र पाँचौमा जर्मनी छन् ।