२०८१ श्रावण १२

नेपालबाट क्यूआर मार्फत भारतीय बैंक खातामा रकम जम्मा गर्न सक्ने ।

काठमाण्डौँ, नेपालमा रहेका भारतीयले पनि ‘क्यूआर’ मार्फत रकम पठाउन सक्ने भएका छन् ।
नेपालमा रहेका भारतीयले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक खाता आबद्ध विद्युतीय बैंकिङ (ई–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत ‘नेसनल पेमेन्ट स्वीच’ का माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै प्रतिदिन १५ हजार भारतीय रुपैयाँ (भारु) र प्रतिमहिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिक बापत सटही सुविधा बैंकहरूले प्रदान गर्न सक्ने भएका हुन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार स्वेदशमा खोलिने परिवत्र्य विदेशी मुद्रा खाता र सञ्चालन सम्बन्धी व्यवस्था पालना गरेको हुनुपर्ने छ । यस्त,ै विदेशमा विदेशी मुद्राको खाता खोल्ने र सञ्चालन गर्ने सम्बन्धी राष्ट्र बैंकले तोकेको सर्त पूरा भएको हुनुपर्ने छ ।
नेपाल र भारतबीच गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण क्रममा ‘क्रसबोर्डर डिजिटल’ भुक्तानीका लागि सम्झौता भएको थियो ।
नेपालका तर्फबाट नेसनल पेमेन्ट स्वीच सञ्चालन गरिरहेको नेपाल क्लियरिङ हाउस र भारतका तर्फबाट युनिफाइड पेमेन्ट सिस्टम सञ्चालन गरिरहेको एनपीसीआईबीच क्रस बोर्डर डिजिटल भुक्तानी सम्झौता भएको थियो ।