२०८१ श्रावण १२

जाडो छल्न बेसी झरेका मनाङेहरु गाउँ फर्किन थाले ।

काठमाण्डौँ, जाडो छल्न बेसी झरेका मनाङेहरु गाउँ फर्किन थालेका छन् । पुसको पहिलो हप्तादेखि जाडो छल्न बेसी झरेका मनाङेहरु न्यायो हुन थाले लगत्तै गाउँ (मनाङ) फकीन थालेका छन् ।
परापूर्वकालदेखि नै जाडो याम शुरु भए लगत्तै एकजना घर कुरुवा राखेर मनाङेहरु बेसी झर्ने गर्दथे । पहिले–पहिले अत्याधि चिसो हुने र पर्यटकहरु पनि नआउने भएकाले चिसो शुरु हुन साथै प्राय–प्राय मनाङ सुनसान हुन्थ्यो । तर केही बर्षयता त्यत्ति धेरै चिसो पनि नहुन,े हिउँ पनि कम पर्ने र स्वदेशी तथा विदेशी पर्यटकहरु आइनै रहने भएकाले यसबर्ष ७० प्रतिशत मात्र मनाङे बेसी झरेका थिए ।


जाडो छल्नका बाहिरी जिल्ला गए पनि अहिले मनाङ फर्किने क्रम जारी छ । पर्यटक आउने सिजन भएकाले र खाद्यन्न बाली लगाउने समय भएकाल पनि गाउँ फर्कन थालेको स्थानीय पर्यटन व्यसायी छिरीङ ओङमा गुरुङ घलले बताए ।
पदमार्गमा अहिले पर्यटक आउने सिजन सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको छ । मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले दैनिक पाँच दर्जनको हाराहारीमा विदेशी पर्यटक आउने गरेको बताए ।


उहाँले विगतमा दैनिक दुई दर्जनभन्दा बढीसम्म पर्यटक आउने गरेकोमा अब विस्तारै बढ्दै जाने पनि बताए । चिसोका कारण सुनसान जस्तै बनेको यो पदमार्गमा पर्यटक आउन थालेसँगै पर्यटन सम्बन्धि चहलपहल बढन थालेको उनको भनाइ छ ।
विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज तथा प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भन्ज्याङ पारगरी मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन । यहाँ आउने पर्यटक विशेष गरेर थोराङपास, लार्केपास र काङ्लापासका साथै विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल अवलोकनका लागि आउने गरेको पाइन्छ ।