२०८१ श्रावण १२

आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने ।

काठमाण्डौँ, सघीय संसद्को प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै
आजको पतिनिधिसभा बैठकमा शून्य र विशेष समयमा सांसदहरूलाई बोल्न दिइने छ । साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्न,े प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तै, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सघीय निजामती सेवा विधेयक, २०८०’ संसदमा प्रस्तुत गर्नेछन् । सरकारले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । आजकै बैठकमा आ.व. २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) का विषयमा छलफल सुरु गरिने सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ ।