२०८१ श्रावण १२

राप्रपा सत्ता गठबन्धनमा सामेल नहुने, वर्तमान गठबन्धनको विपक्षमा मतदान गर्ने ।

काठमाण्डौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ ।
२६ फागुनदेखि ३ दिनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अहलेको गठबन्धनको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ । प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।