२०८१ श्रावण १२

लिखित सहमति नभए प्रधानमन्त्रीलाई विश्वासको मत दिन्नौँः एकीकृत समाजवादी

काठमाण्डौँ – सरकारमा सामेल दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले लिखित सहमति गरे मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ ।
आज (सोमबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए ।
सचेतक चौधरीले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमामा लिखित सहमति जनाए मात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताए । आफ्नो पार्टीले प्रधानमन्त्री समक्ष राखेका मागहरुको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको पनि उल्लेख गरे।
भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्युले लिने विश्वासको मत लिनेबारेमा निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा लिखित सहमति भए मात्रै राष्ट्रिय सभामा भोट दिनसक्छौँ, उनले भने । पधानमन्त्रीले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा उनैमा भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न मुख्य सचेतक चौधरीले स्पष्ट पारे ।