२०८१ श्रावण १२

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन काँग्रेसको ह्विप ।

काठमाण्डौँ,नेपाली कांग्रेसले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।
प्रमुख सचेतक रमेश लेखकले सोमबार एक सूचना जारी गर्दै काँग्रेस सांसदहरुलाई विपक्षमा उभिन निर्देशन जारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आगामाी बुधबार (३० फागुनमा) विश्वासको मत लिन लागेका छन् ।
कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले फागुन २१ गते एमाले,रास्वापा लगायतका दलको नयाँ गठबन्धन बनाएका छन् । उनको उक्त कदमले काँग्रेस अहिले सदनमा प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ ।
प्रधानमन्त्री दाहालले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादीसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्रीमा विश्वासको मत लिन लागेका हुन् ।