२०८१ श्रावण १२

आज राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी दर्ता ।

काठमाण्डौँ, आज राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्टयाइएको संघीय संसद् सचिवालयको कार्यतालिका छ ।
उम्मेदवारी दर्ताको समय सकिए लगत्तै आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने छ ।
सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भएको थियो । आइतबार बसेको माओवादी केन्द्रको बैठकले नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को मनोनीतको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल चार वर्ष बाँकी छ । नेपाली काँग्रेसले भने बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी २०७८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको चर्चामा रहेको थियो । उनलाई सभापति देउवाले शनिबार राष्ट्रिय सभा दल नेता मनोनीत गरेका थिए । सत्ता गठबन्धन परिवर्तन भएसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेद्धारबाट बाहिरीए । मंगलबार बिहान ११ः०९ बजे बस्ने राष्ट्रिय सभा बैठकले अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयले जानकारी दिएको छ।