२०८१ श्रावण १२

प्रधानमन्त्री दाहालले दिएको धोकाको जवाफ दिन्छौ :  उपसभापति खड्का

काठमाण्डौँ, नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालले मतदातालाई धोका दिएको बताएका छन् ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासघ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले प्रधानमन्त्री दाहालले निर्वाचनका बेला जनतासँग गरेका बचन विपरीत गठबन्धन फेर्ने काम गरेको बताए । उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका बाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
यस्तै खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले जनताको शीर नझुक्ने गरेर काम गरेको बताए । ११ महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने गरेर कुनै पनि काम गरेका छैनौ उनले भने, ‘बाँकी कुराहरू समय क्रममा राख्दै जाउँला भने ।
यस्तै, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापा र नेचा रमेश लेखकलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेता सिटौलाले तपाईंले मलाई राष्ट्रिय सभा अध्यक्ष बनाउँछु भन्ने बचन दिएकोले म चुनाव लडेर, जितेर पनि आएँ तर तपाईंले काँग्रेस पार्टीलाई त धोका दिनुभयो नै, व्यक्तिगत रूपमा पनि ममाथि धोकाधडी भयो भने ।


सिटौलाले कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन माओवादीले नमानेका कुरादेखि शान्ति प्रक्रियाका विभिन्न विषयमा केन्द्रित रहेर प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका थिए ।
प्रधानमन्त्री दाहालले भने सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन आफू सकारात्मक भए पनि पार्टीका साथीहरू नमानेको प्रतिक्रिया दिएका थिए । म त सकारात्मक थिएँ नि, साथीहरूले मान्दै मानेनन्,’ प्रधानमन्त्री दाहालको भनाइ थियो ।
गत फागुन १७ गते पनि सिटौला र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा छलफल भएको थियो । त्यस दिन राष्ट्रिय सभा अध्यक्ष माओवादीले नै राख्ने हल्ला छ के हो भन्दा तपाईंले होइन भन्नुभयो । तपाईंलाई नै कोसिस गर्दैछु भन्नुभएको थियो, तर दुई दिनपछि गठबन्धन नै फेर्नुभयो,’ सिटौलाले प्रधानमन्त्री दाहाललाई भने, ‘फागुन २० मा हामी फेरि भेट्ने कुरा थियो, तर गठबन्धन नै भत्काउनुभयो ।’
प्रधानमन्त्री दाहालले सिटौलासहित कांग्रेसका नेताहरूलाई शान्ति प्रक्रियादेखि बाँकी काममा सँगै रहने बताएका थिए ।
‘मलाई र कांग्रेसलाई नै तपाईंले धोका दिनुभयो, अब सजिलो गरी चल्छ भन्ने नसोच्नुहोला,’ प्रधानमन्त्री दाहाललाई यत्ति भनेर सिटौलासहित काँग्रेसका नेताहरू बालुवाटारबाट निस्किएका थिए ।