२०८१ श्रावण १२

नेपाली काँग्रेस राष्ट्रिय सभाको संसदीय दलको नेतामा सिटौला मनोनीत ।

काठमाण्डौँ, फागुन २६ गते । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनित गरेको छ ।
सभापति शेरबहादुर देउवाले राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्व महामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति देउवाले सिटौलालाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४ को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन ।