२०८१ भाद्र १६

एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालको ऐतिहासीक जित ।

काठमाण्डौँ, भारतमा भएको डब्लुआरएफ एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जित्न सफल भएको छ ।
भारतको हिमाचल प्रदेशको सिम्लामा भएको प्रतियोगितामा नेपालले आरएक्स (हेड टु हेड)मा भारतलाई नै पछि पार्दै स्वर्ण पदक जितेको हो । उक्त स्पर्धामा १ सय २० अंक जोड्दै स्वर्ण पदक जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले बताए ।
एसियाली र्‍याफ्टिङमा नेपालले जितेको यो ऐतिहासिक पदक हो । नेपालबाट सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगरले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए ।
हेड टु हेडमा पहिलो भएको नेपाल स्लालममा ८० अंकसाथ तेस्रो हुँदै कांस्य जितेको संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए । यस्तै डाउन रिभरमा भने ६० अंक जोडेको नेपाल चौथो भएको अध्यक्ष श्रेष्ठले बताए ।