२०८१ श्रावण १२

नेपाली काँग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाउने ।

काठमाण्डौँ, प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको नेपाली काँग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाउने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बिहान पदाधिकारीबीच करिब दुई घण्टाको छलफलपछि वर्तमान सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरुसँग परामर्श गरेर उम्मेदवार टुंगो लगाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो ।
काँग्रेसले विपक्षमा रहेका अन्य दलसँग परामर्श गरेपछि मात्र उम्मेदवारको नाम टुंगो लगाउने भनेर छलफलको बाटो खुला गरेको छ ।
राष्ट्रिय सभाको बैठक भोलि आइतबार फागुन २७ गते आइतबार १ बजे बस्दैछ । २९ गते अध्यक्षको निर्वाचन हुनेगरी यसअघि नै कार्यक्रम सार्वजनिक भैसकेको छ ।
यसअघिको गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष पदमा आफ्नो उम्मेदवार जित्ने अवस्था रहँदा नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला उम्मेदवार बन्ने करिब निश्चित जस्तै मानिएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहालले अचानक गठबन्धन परिवर्तन गरेपछि पुरानो तयारी भंग भएको थियो ।
पूर्वमहामन्त्री सिटौलालाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउने सहमतिमा पुगेका प्रधानमन्त्री दाहाल र सभापति शेर बहादुर देउवाले बचन दिएपछि सिटौला कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएको थियो । शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले सिटौलाप्रति सहानुभूति पनि प्रकट गर्दै आएका थिए ।