२०८१ श्रावण १२

नेपाली काँग्रेस पदाधिकारी बैठक शुरु, राष्ट्रियसभा अध्यक्षको उम्मेद्वार मुख्य एजेण्डा ।

काठमाण्डौँ, नेपाली काँग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल चलिरहेको छ । उम्मेदवारी दिनुपर्ने अवस्थामा कसलाई उम्मेदवार बनाउनेबारे पनि छलफल भइरहेको नेताहरूले बताएका छन् । यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ ।
राष्ट्रियसभाको रिक्त रहेको अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ । गणेशप्रसाद तिमिल्सेना अध्यक्ष कायम रहँदै सार्वजनिक भएको राष्ट्रियसभाको क्यालेण्डर अनुसार नै अध्यक्ष निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको हो ।
फागुन २७ गते बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्षको निर्वाचनको मिति तोकिने, २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन हुने कार्यतालिका रहेको छ ।