२०८१ श्रावण १२

गण्डकीमा सरकार गठन प्रक्रिया धर्मसंकटमा, दीपक मनाङेको भोट निर्णायक ।

काठमाण्डौँ, फागुन २१ मा नयाँ गठबन्धन बनेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
प्रदेशसभामा पहिलो हैसियतमा रहेको कांग्रेसले संख्यात्मक रूपमा सरकार जोगाउन सकिने आँकलन गरिरहेको छ । कुल ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस एक्लैसँग २७ सिट छ । उसलाई चार सिट भएमा सरकार कायम रहने अवस्था छ । प्रदेशसभामा एमालेसँग २२, माओवादी केन्द्रसँग ७ सिट छ । यो प्रदेशमा राप्रपासँग दुई सिट मात्र रहेको छ । प्रदेशसभामा मनाङ १(२) बाट प्रत्यक्ष निर्वाचित राजीव गुरुङ (दिपक मनाङे) नेकपा एकीकृत समाजवादीका एक्ला सांसद छन् ।बाबुराम भट्टराईको पार्टी विगत चुनावमा माओवादी केन्द्रकै चुनाव चिह्नमा लडेकाले नेपाल समाजवादी पार्टीका सदस्यलाई माओवादी ह्विप लगाउन खोज्दै छ । ह्विप मुक्त हुन नेसपाले पठाएइको पत्र अझै कार्यान्वयन भएको छैन । त्यस्तो अवस्थामा मनाङ ख का प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) को भोट निर्णायक हुनेछ । सत्ता गठबन्धनले सरकार गठन गर्न मनाङेलाई फकाउनुपर्ने अवस्था छ ।
ठूलो पार्टीको हैसियतमा संविधानको धारा १६८ (३) को सरकार कांग्रेसले नै बनाए पनि उसले विश्वासको मत पाउने अवस्था देखिँदैन ।
 गण्डकी प्रदेश सभामा कुल ६० सांसाद छन् ।
नेपाली कांग्रेस– २७
नेकपा एमाले– २२
माओवादी केन्द्र– ७
राप्रपा– २
नेपाल समाजवादी पार्टी– १
नेकपा एकीकृत समाजवादी– १