२०८१ श्रावण १२

आज अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ।

काठमाण्डौँ । आज विविध कार्यक्रम गरी ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि मनाइँदै छ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ । दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरू आयोजना गरिँदै छ ।