२०८१ श्रावण १२

आज महाशिवरात्री पर्व, शिव मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीहरुको घुइँचो ।

काठमाण्डौँ, आज महाशिवरात्रि पर्व संसारभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।
आज हिन्दु धर्मावलम्बीहरु बिहानैदेखि स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराध्य देव शिवको पूजा आराधना गर्दछन् । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, झापा अर्जुधारा, भारत दार्जीलिङको धिरधाम लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरी जागराम बस्ने चलन पनि छ ।
आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दै छ ।