२०८१ श्रावण १२

बिना विभागीय तीन मन्त्रीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण ।

काठमाण्डौँ, नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवनमा भएको शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो।
प्रधानमन्त्री दाहालले यसअघि आज (सोमबार) दिउँसो मौजुदा मन्त्रिपरिषद् फेरबदल गर्दै तीन सदस्यीय बिना विभागीय मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिस अनुसार नियुक्त भएका तीन मन्त्रीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।