२०८१ श्रावण १२

आज पाँच बजे नवनियुक्त मन्त्रीहरूको शपथग्रहण ।

काठमाण्डौँ, नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेससंगको गठबन्धन तोडेसंगै सत्ता गठबन्धन भङ्ग भएको छ ।
अधिल्लो गठबन्धन भङ्ग भए लगत्तै नयाँ गठबन्धनमा नेकपा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल रहेका छन् ।
नवगठित गठबन्धका नवनियुक्त मन्त्रीहरूको आज पाँच बजे शपथग्रहणको कार्यक्रम आयोजना गरिने बताइएको छ । आज एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले शपथ लिने तयारी भएको छ ।