२०८१ श्रावण १२

चर्च ब्वाइज युनाइटेड अर्ना झापा गोल्ड कपको क्वार्टर फाइनलमा ।

काठमाण्डौँ, चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका पाँचवटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो । पुलिस यसपटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो ।
आज हुने पहिलो क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको वाग्मती युवा क्लबबीच हुनेछ ।
फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद सात लाखमा चित्त बुझाउनुपर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ ।