आज राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यको सपथग्रहण ।
काठमाण्डौँ, राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज (सोमबार) शपथग्रहण गर्दै छन् । राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएको छ ।
नवनिर्वाचित सदस्यको शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुने कार्यतालिका छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । तर, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउनुहुने सघीय संसद् सचिवालयका प्रवक्ता एकराज गिरीले बताए ।
सघीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यमध्ये एक जनाले मातृभाषामा शपथग्रहण गर्ने भएका छन । सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रेनु चन्दले मातृभाषामा शपथ लिने छन् । उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन् ।
गत माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रिय सभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन । शपथग्रहण गरेका सदस्य आजको राष्ट्रिय सभाको बैठकमा सहभागी हुने छन । राष्ट्रिय सभाको आजको बैठक अपराह्न १ बजेर १७ मिनेटमा बस्ने तय गरिएको छ ।
सघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सत्तारूढ नेकपा (माओवादी केन्द्र) ठुलो दल बनेको छ । राष्ट्रिय सभामा सो दलको प्रतिनिधित्व गर्ने सदस्यको सख्या १७ पुगेको छ । नेपाली कांग्रेस दोस्रो ठुलो दल बनेको छ । सो दलको सदस्य सख्या १६ छ । यसअघि ठुलो दल रहेको नेकपा (एमाले) तेस्रो हैसियतमा पुगेको छ । प्रतिनिधि सभामा नेपाली कांग्रेस ठुलो र नेकपा (एमाले) दोस्रो ठुलो दल हो ।
प्रतिनिधि सभामा राष्ट्रिय दलको हैसियत नपाएको नेकपा (एकीकृत समाजवादी) भने राष्ट्रिय सभाको चौथो ठुलो दल हो । सो दलको सदस्य सख्या आठ छ । राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति छैन ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्