२०८१ श्रावण १२

प्रधान सेनापति Open Marathon and Run For Fun-2080 सम्पन्न

काठमाण्डौँ, महाशिवरात्री तथा नेपाली सेनाको २६१ औँ वार्षिकोत्सवको अवसरमा नवौँ संस्करणको प्रधान सेनापति Open Marathon and Run For Fun-2080 कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुल्ला पुरुष), २१ किलोमिटर हाफ म्याराथन (खुल्ला महिला÷पुरुष), १० किलोमिटर म्याराथन (छात्र तथा छात्रा), ५ किलोमिटर दौड (छात्र तथा छात्रा) र ५ किलोमिटर वाकाथन विधाहरु समावेश थियो ।


विभिन्न विधाहरुमा विजयी धावकहरूलाई प्रधान सेनापति प्रभुराम शर्मा, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, रक्षा सचिव किरणराज शर्मा, नेपाल एथलेटीक्स संघका अध्यक्ष राजिव विक्रम शाह, महारथी राजेन्द्र क्षत्री (अ.प्रा.), महारथी, बलाधिकृत रथी अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका सहायक निर्देशक अनिता श्रेष्ठ दिपक रौनियारले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।