२०८१ श्रावण १२

साफ यू–१६ महिला फुटबल अन्र्तगत आज नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा .

काठमाडौँ । साफ यू–१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ ।
च्यासल मैदानमा नेपालले आज दिउँसो ३ बजे पहिलो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने छ । शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो ।
साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बङ्गलादेशसहित चार टिमले सहभागिता जनाएका छन् । राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । शुक्रबारबाट साफ यू–१६ महिला फुटबल प्रतियोगिता नेपालमा शुरु भएको हो ।