२०८१ श्रावण १२

नेपालले आज नामिबियाको सामना गर्दै ।

काठमाण्डौँ, टी–२० त्रिकोणात्मक तेस्रो खेलमा आज नेपालले नामिबियासँग खेल्दै छ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
यसअघि नेपालल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा बुधबार नेदरल्याण्डविरुद्ध २ रनको हार बेहोरेको थियो।
दुई खेलमा नै पराजित भएको नेपालले फाइनल खेल्ने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाबमा छ । आज नामिवियासँग पराजित भए नेपाल एक खेल अगावै फाइनल दौडबाट बाहिरिनेछ ।
नामिबियाले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा नेदरल्याण्डविरुद्ध ५९ रनको पराजित भयो ।
टी –२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्याण्ड सहभागी छ । २ वटै खेल हारेको नेपाल अंकतालिकाको पुछारमा छ ।