२०८१ श्रावण १२

परराष्ट्र सचिव लम्साल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ।

काठमाण्डौँ, भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन् ।
आठौं एसिया इकोनोमिक डाइलगमा सहभागी हुन भारत पुगेकी परराष्ट्र सचिव लम्सालले भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेकी हुन् ।
भेटमा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ । ‘परराष्ट्र सचिव लम्साललाई दिल्लीमा स्वागत छ,’ भारतीय विदशेमन्त्री जयशंकरले द्विपक्षीय सम्बन्धमा भइरहेका प्रगतिका विविध पक्षका बारेमा जानकारी पाउँदा खुसी आपूm खुश िबताएका छन् ।
आठौं एसिया इकोनोमिक डाइलग–२०२४ मा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारतको पुने गुगेकी हुन् । सोही क्रममा उनले भ्रमणको पहिलो दिन दिल्लीमा विदेशमन्त्री जयशंकरसाग भेट गरेकी हुन् ।
आठौं एसिया इकोनोमिक डाइलगको उद्घाटन सत्र आज (बिहीबार) हुँदैछ । भारतको विदेश मन्त्रालय र पुने इन्टरनेशनल सेन्टरद्वारा वार्षिक रुपमा आयोजना हुँदै आएको बहुपक्षीय सम्मेलनलाई महत्वका साथ हेरिन्छ । उक्त सम्मेलनमा विभिन्न मुलुकबाट सहभागिता जनाउने आयोजकले जनाएको छ ।
सम्मेलनमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, र बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनसँग लम्सालले दक्षिण एसियाको आर्थिक विषयमा छलफल गर्ने कार्यक्रम छ ।