२०८१ श्रावण १२

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा ।

काठमाण्डौँ, नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने संयुक्त राज्य अमेरिकाकी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल भ्रमणमा आएकी छन् ।
भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरले नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने अमेरिकी दूतावासले जनाएको छ ।
मन्त्री अख्तरले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानव अधिकार, लोकतन्त्रको विकास तथा नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।